भरतपुर विमानस्थलमा स्वास्थ्य सुरक्षा मापदण्ड सहित को‘पूर्व तयारी तालिम’

एटुजेड समाचार

चितवन – सोमबारबाट चल्न लागेको आन्तरिक उडानलाई लक्षित गर्दै भरतपुर विमानस्थलमा स्वास्थ्य सुरक्षा पूर्वतयारी तालिम गरिएको छ । ६ महिनापछि शुरु गरिएको आन्तरिक उडानलाई व्यवस्थित र स्वास्थ्य सुरक्षा मापदण्ड सहित आज पूर्व तयारी तालिम गरिएको हो ।

विमानस्थलका प्रमुख योगेन्द्र कुंँवरले भोलिबाट शुरु गरिने उडानलाई व्यवस्थित र अभ्यस्त गराउने उद्धेश्यले यो तालिम गरिएको बताए । ‘यसअघि राष्ट्रिय अन्तराष्ट्रिय उडानमा यस्तो अभ्यास भएको थिएन, उनले भने , भोलिबाट कुनैपनि गल्ती नहोस भन्ने उद्धेश्यले डेमो गरिएको हो ।’ विमास्थलका कर्मचारी, वायुसेवाका कर्मचारी तथा सुरक्षा कर्मीलाई भोलिबाट गरिने नियमित प्रक्रियाको बारेमा तालिम दिईएको थियो ।

तालिममा प्रस्थान कक्षबाटनै निर्मलीकरण , स्वास्थ्य जांँच , सामान चेकिङ्ग , र टिकट चेकिङ्ग गरी बोइङ्ग पास लगायत विमान प्रतिक्षा कक्ष सम्म यसको नमुना प्रर्दशन गरिएको थियो ।

प्रमुख कुंँवरले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गरिने बताए । उनका अनुसार विमानस्थलको प्रमुखद्धारबाटनै यात्रुलाई मात्र प्रवेश दिइने र विमानस्थलभित्र आउने सवारीसाधनलाई समेत दुरी कायम गरी सिमित सवारी साधन मात्र प्रवेश गराइने छ । प्रत्येक यात्रुको मास्क अनिवार्य गरिने काउण्टर कक्षमा छिर्नुभन्दा अघि स्वास्थ्य चेक जांँच गरिनेछ । फ्रन्टलाइनमा खटिएका कर्मचारीले व्यक्तिगत सुरक्षा सामाग्री सहित सेवा दिनेछन । विमानस्थलले स्वास्थ्यमा समस्या आएका या शंकास्पद विरामीको लागि आइसोलेसन कक्षको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

टिकट बुकिङ्गको चाप बढ्यो
सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार पुर्ण यात्रु क्षमतामा विमान सञ्चालन गर्ने अनुमति दिएसंँगै टिकट बुकिङ्गको चाप बढ्दै गएको सेवा प्रदायक कम्पनीहरुले बताएका छन । हाल काठमाडौं भरतपुर काठमाडौ र भरतपुर पोखरा भरतपुर सञ्चालन हुने बुद्ध एयर र यती एयरलाइन्सको विमानले सेवा दिदै आईरहेका छन । आजसम्म लगभग पहिलो दिनको लागि ७० प्रतिशत भन्दा बढी टिकट बिक्री भइसकेको एयरलाइन्सका कर्मचारी बताउंँछन । क्रमश अन्य दिनको लागि पनि बुकिङ्ग क्रमश बढ्दै गरेको उनीहरुको भनाई छ ।

‘भोलिबाट मात्र खुल्ने निश्चित यात्रुले बल्ल थाहा पाएका छन’ बुद्ध एयरका भरतपुर प्रबन्धक भक्त बहादुर बस्नेतले भने । उनका अनुसार टिकट बुकिङ्ग गर्ने क्रम क्रमश बढ्दै गएको र यात्रुले सोधपुछ गर्ने क्रम समेत बढेको छ । बुद्ध एयर शुरुका दिनमा काठमाडौ भरतपुर २ वटा विमानबाट सेवा दिने उनले बताए । ‘यात्रुको चाप अनुसार विमानको संख्या पनि बढाउंँदै लग्नेछौं ।’उनले भने् । यसैगरी यति एयरलाइन्सले पनि भोलिका लागि भरतपुरबाट काठमाडौ जाने टिकट सबै जसो बिक्री भएको जनाएको छ । यतिका भरतपुर प्रबन्धक अनुप ढकालले भरतपुर काठमाडौ जाने यात्रुको चाप बढेपनि काठमाडौबाट भरतपुर आउने यात्रुको अनुपात भने कम रहेको बताए । ‘यहांँबाट जाने यात्रुको चाप र टिकट बुकिङ्ग सन्तोषजनक छ । उताबाट आउने यात्रु अलि कम छन । ’ उनले भने ।

लकडाउन अघि बुद्ध एयरले दैनिक पांँचवटा सम्म उडान र यतिले ४ वटा उडान भर्दै आएपनि भोलिबाट उनीहरु नियमित २, २ वटा उडान भर्न लागेका हुन । तर केही समयको लागि भने पोखरा उडान हुने छैन । यहांँ आउने बुद्धको दुईवटा जहाज ४७ सिटे र १८ सिटे छन भने यतिको ३० सिट यात्रु क्षमताको रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु