जुम्लामा शेष नागको आकृतिसहित भेटियो ऐतिहासिक गुफा

एटुजेड समाचार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को गिडिखोला गाउँको भलखोला भन्ने स्थानमा ऐतिहासिक गुफा फेला परेको छ ।

साविक हाँकु गाविसको उक्त स्थानमा गुफा फेला परेको हो । उक्त गुफामा विभिन्न किसिमका ऐतिहासिक कलाकृति र मनोरम दृष्य रहेको तातोपानी गाउँपालिका वडा।। ४ का अध्यक्ष धिरज जैशीले जानकारी दिए ।

उनले उक्त गुफामा शेष नागको आकृति, ९ वटा दियो, मादल लगायतका विभिन्न आकृतिहरु रहेको बताए । आगामी दिनमा उक्त गुफा प्रचारप्रसार गर्न सकिए पर्यटकीय दृष्टिले उपयुक्त गन्तव्य हुनसक्ने जैशीको भनाई छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु