भोलिबाट पुन: सञ्चालनका लागि भरतपुर बिमानस्थलको यस्तो तयारी (फोटोफिचर)

एटुजेड समाचार

चितवन – लकडाउनका कारण ६ महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा सोमबारबाट पुन: सञ्चालन हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबारबाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ ।

सोमबारबाट हुने हवाई उडानका लागि भरतपुर बिमानस्थलले तयारी पुरा गरेको छ । विमानस्थल प्रमुख योगेन्द्र कुँवरका अनुसार सोमबारबाट हुने हवाई उडानका लागि सम्पूर्ण तयारी पुरा भएको छ । यात्रुबीच सामाजिक दुरी कायम गर्नका लागि बिमानस्थल भित्र सर्कल गरिएको छ भने प्रतीक्षालयमा एउटा सिट छोडेर बस्ने गरी व्यवस्था मिलाइएको छ ।

यात्रु प्रतिक्षालयसहित बिमानस्थललाई स्यानिटाइज गरिएको छ । सोमबार बिमानस्थलबाट ४ वटा उडान हुने विमानस्थल प्रमुख कुँवरले बताए । बिहान ९:५५ बजे एती एयरको बिमान अवतरण गर्ने उनले बताए ।

तस्बिर : प्रेम सापकोटा (किरण)/एटुजेड समाचार

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु