चितवन – चितवनमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा उपचारका क्रममा कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
भदौ २६ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई अस्पताल भर्ना भएका उनको असोज ३ गते कोरोना पुष्टि भएको थियो । उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ११ः४४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।