नेपालगञ्ज – कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका २१ का ५९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
दुवै फोक्सोमा निमोनिया भएपछि भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनमा २१ गते कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि शनिबार साँझदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।


