कोरोना संक्रमणबाट पहिलो पटक सेनामा कार्यरत एक जनाको मृत्यु

एटुजेड समाचार

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएपछि कोरोना पोजेटिभ पाइएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू