आहा ! मनै लोभ्याउने बाँध खोला (फोटोफिचर)

एटुजेड समाचार

चितवन – नवलपुरको गैंडाकोट नगरपालिका वडा नं ८ मा रहेको रमणीय स्थल हो यो बाँधखोला। गैंडाकोटको विजयचोकदेखि करिब १५०० मिटर उत्तरतर्फ करङघारी नजिकैको जंगलको फेदमा अवस्थित छ, जयश्री खोलाको बाँध ।

२०३६ सालमा बाँध बाँधिएपछि उक्त स्थलको नाम बाँध खोला भनेर चिनिएको हो । खोलाको वहाव ठुलो हुँदा बाँध भएर झर्ने पानीले यसलाई सुन्दर झरनाको रुप दिन्छ । जसले यसको सुन्दरतामा मोहर थपेको छ ।

जंगलको हरियाली, खोलाको चिसो पानी र त्यहाँबाट निस्कने झरनाको मनमोहक दृश्य देखेपछि जोसुकैलाई एकैछिन भएपनि शहरको कोलाहलबाट टाढा शान्त ठाउँमा पुगेको आभाष गराउँछ, बाँध खोलाले । पछिल्लो समय बाँधखोलाको सन्दरतासँग रमाउन जाने पर्यटकहरुको संख्या पनि बढ्दै गएको छ ।

तस्बिर : प्रेम सापकोटा (किरण)/एटुजेड समाचार

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू