सुनको मूल्य स्थिर

एटुजेड समाचार

काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थितर रहेको छ । चाँदीको भने सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९७ हजारमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै आइतबार चाँदी तोलामा १३१५ रुपैयाँमा काराबोर भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १३३० रुपैयाँमा कारोबार भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु