चितवनका कोरोना संक्रमित मध्य एक प्रतिशतको मृत्‍यु, ३२ प्रतिशत निको भए

एटुजेड समाचार

चितवन – चितवनमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्य जम्मा एक प्रतिशतको मात्र ज्यान गएको छ । जिल्लामा अहिलेसम्म एक हजार ५ सय १९ जनामा कोरोना पुष्टि हुँदा १७ जनाको मृत्‍यु भएको छ । जुन कुल संक्रमितको जम्मा एक प्रतिशत हो ।

भरतपुर अस्पतालका अनुसार संक्रमण पुष्टि भएका मध्य ३२ प्रतिशत मानिसहरु निको भएर घर फर्किसकेका छन् । हालसम्म जिल्लाभर ४ सय ९० जना कोरोना मुक्त भएका छन् । यस्तै अहिलेसम्म संक्रमितमध्य ६७ प्रतिशत अर्थात एक हजार १२ जनामा कोरोना सक्रिय छ ।

कहाँ कती संक्रमित ?

जिल्लाको भरतपुर महानगरपालिकामा सबै भन्दा धेरैमा संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भरतपुरका ९ सय ९२ जनामा कोरोना पुष्टि भएको छ ।

रत्ननगर नगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ८९ पुगेको छ । यस्तै राप्तीमा एक सय २५, खैरहनीमा ९०, माडीमा ५५, कालिकामा ५५ र इच्छाकामना गाउँपालिकामा १३ जनामा कोरोना देखिएको छ ।

कहाँ कतीको मृत्‍यु ?

चितवनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।  कोरोनाबाट ज्यान गुमाउने संख्या भरतपुर महानगरपालिका भित्र धेरै छ । भरतपुरमा अहिलेसम्म १० जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने पहिलो व्यक्ती भरतपुरका नै हुन् ।

यस्तै रत्ननगर नगरपालिकामा ३ जनाको कोरोनाबाट ज्यान गएको छ भने खैरहनी र राप्तीमा कोरोनाबाट समान २-२ जनाको मृत्‍यु भएको छ । जिल्लाको अन्य पालिकामा कोरोनाबाट कसैको पनि मृत्‍यु भएको छ ।

कहाँ कती कोरोनामुक्त ?

चितवनमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ सय ९० पुगेको छ । जिल्लाभर संक्रमितको संख्या एक हजार ५ सय १९ पुग्दा ४ सय ९० जना निको भएका हुन् । जिल्लाको भरतपुर महानगरपालिकामा कोरोना जित्नेको संख्या सबै भन्दा धेरै छ । भरतपुरमा अहिलेसम्म २ सय ७५ जना कोरोनाबाट निको भएका छन् ।

भरतपुरपछि राप्ती नगरपालिकामा कोरोना जित्नेको संख्या धेरै छ । राप्तीमा अहिलेसम्म ७५ जना कोरोनामुक्त भएका छन् । यस्तै माडीमा ४९ जना, रत्ननगरमा ५१ खैरहनीमा २८, कालिकामा ९ र इच्छाकामना गाउँपालिकामा कोरोना निको हुनेको संख्या ३ रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू