आज नेकपाको सचिवालय बैठक बस्दै

एटुजेड समाचार

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक बिहान ११ बजे पेरिसडाँडामा बस्ने नेकपाले बताएको छ । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक आजलाई सारिएको हो ।

यस अघिका धेरैजसो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ । बैठकमा पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने तयारी छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू