जीप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

एटुजेड समाचार

महोत्तरी – महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

बर्दिवास नगरपालिका ६ मा ज १ च १८४६ नम्बरको जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३२ वर्षका प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर खपाङ्गीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु