काठमाडौं – जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको कर्णाली प्रदेश समिति गठन भएको छ । सुर्खेतकी सिता नेपालीको संयोजकत्वमा समिति गठन भएको हो । नेपालीका अनुसार ५ सदस्य पछि थप्ने गरी २७ सदस्यीय गठन गरिएको छ ।
जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको केन्द्रिय संयोजक राजकुमार हिङमाङको उपस्थितिमा आज (शनिबार) भर्चुअल माध्यममा जुममा आयोजित भेलाले समिति गठन गरेको थियो ।
‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपाल’को ‘जात व्यवस्था उन्मुलन मोर्चा,नेपाल’ अन्तर्गत समिती गठन भएको थियो ।