भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनको सङ्क्रमित भन्दा बढी

एटुजेड समाचार

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चीनको कुल सङ्क्रमित संख्या भन्दा बढी भएको छ ।

कोरोना भाइरस शुरु भएको चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ८५ हजार दुई सय ६९ जना सङ्क्रमित भएका छन् । तर भारतमा त्यो भन्दा धेरै ८५ हजार ६ सय ५० जनाको कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गएको छ ।

चीनमा कोरोना सङ्क्रमणबाट चार हजार ६ सय ३४ जनाको ज्यान गएको छ । भारतमा कुल सङ्क्रमितको संख्या ५३ लाख १२ हजार पाँच सय नाघेको वल्डोमिटरले जनाएको छ । शुरुमा चीनमा निकै आतंक मच्चाएको कोरोना भाइरस युरोप, अमेरिका हुँदै विश्वभर फैलियो ।

चीनले लगभग नियन्त्रणमा लिइसकेको भएपनि अहिले विश्वका अरु देशमा तीब्र गतिमा फैलिइरहेको छ । कोरोना भाइरसबाट अहिलेसम्म सबैभन्दा बढि अमेरिका प्रभावित भएको छ । अमेरिकामा ६९ लाख २८ हजार चार सय भन्दा धेरैमा सङ्क्रमण हुँदा दुई लाख तीन हजार एक सय भन्दा धेरेको ज्यान गएको छ ।

दोस्रो प्रभावितमा भारत छ भने तेस्रोमा रहेको ब्राजिलमा ४४ लाख ९७ हजार भन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ३५ हजार आठ सय भन्दा धेरेको ज्यान गएको छ । अहिलेसम्म विश्वका ४० वटा देशमा चीनको भन्दा धेरै सङ्क्रमित भएका छन् । २९ वटा देशमा चीनको भन्दा धेरैको ज्यान गएको छ ।

विश्वका ५६ वटा देशमा ५० हजार भन्दा धेरै सङ्क्रमित पुगेका छन् । विश्वका १० वटा देशले कोरोनाको सक्रिय सङ्क्रमित संख्या शून्यमा झारेर कोरोना मुक्त भैसकेका छन् । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु