आशिष उप्रेती,
देवघाट – देवघाटमा ब्याड्मिन्टन कोर्टको उद्घाटन गरिएको छ । देवघाट ब्याड्मिन्टन संघ आज (शनिबार) संविधान दिवसको अवसर पारेर ब्याड्मिन्टन कोर्टको उद्घाटन गरेको हो ।



कोर्टको कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले रिबन काटेर उद्घाटन गरे कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देवघाट युवा तथा खेलकुद समिति र देवघाट ब्याड्मिन्टन संघले बिश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसक समयमा पनि सामाजिक दुरि कायम गर्दै दुईवटा ब्याड्मिन्टन कोर्टको निर्माण गरेकोमा धन्यवाद दिए । उनले गाउँपालिकाको समृद्ध बिकासको लागी आफुले कुनै पनि कसर बाँकी नराखी निरन्तर लागि परिरहेको बताए । उनले देवघाटका युवाहरुको सुख दुःखमा सधैं सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे।
यस्तै आज नै गाउँपालिकाका नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटालाई स्वागत पनि गरिएको छ ।गाउँपालिकाका नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत सापकोटाले खेलकुद बिकासको लागि सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे । दुई वटा ब्याड्मिन्टन कोर्ट निर्माणका लागि करिब २ लाख १५ हजार खर्च भएको ब्याड्मिन्टन संघका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।
सो कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेल, देवघाट ५ नम्बर वडाका वडा अध्यक्ष याल बहादुर गुरुङ, देवघाट गाउँपालिका नेकपाका अध्यक्ष भुवनसिङ्ग गुरुङ, ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उज्जवलराज चिलुवाल लगायतको उपस्थिति रहेकोे थियो। कार्यक्रम ब्याड्मिन्टन संघका अध्यक्ष मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियोे।