चितवन – उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ जनसेवा श्री पञ्चम पदकबाट सम्मानित भएका छन् । आज (शनिबार) संविधान दिवसका अवसरमा सरकारले श्रेष्ठलाई जनसेवा श्री पञ्चम पदकबाट सम्मान गरेको हो ।
कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि निजी क्षेत्रबाट खेलेको भूमिकालाई मध्यनजर गर्दै सरकारले उनलाई सम्मान गरेको हो ।