चितवनमा कोरोना संक्रमितको संख्या पन्ध्र सय नाघ्यो, १७ जनाको मृत्‍यु

एटुजेड समाचार

चितवन – चितवनमा कोरोना भाइरस संक्रमितको संख्या १५ सय नाघेको छ । शुक्रबारसम्म जिल्लाभर एक हजार ५ सय १४ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित एक हजार ५ सय १४ जना मध्य पुरुषको संख्या धेरै छ । जिल्लाभर अहिलेसम्म ८ सय ९५ जना पुरुषमा कोरोना देखिएको छ भने संक्रमित महिलाको संख्या ६ सय १९ पुगेको छ ।

जिल्लाको भरतपुर महानगरपालिकामा सबै भन्दा धेरैमा संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भरतपुरका ९ सय ९२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्य ५ सय ४४ जना पुरुष र ४ सय ४८ जना महिला रहेका छन् ।

रत्ननगर नगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ८८ पुगेको छ । जसमा एक सय २३ जना पुरुष र ६५ जना महिला छन् । यस्तै राप्तीमा ८८ पुरुष र ३५ महिला, खैरहनीमा ५० पुरुष र ३८ महिला, माडीमा ४९ पुरुष र ६ महिला, कालिकामा ३२ पुरुष र २३ महिला तथा इच्छाकामना गाउँपालिकामा ९ पुरुष त ४ महिला गरी १३ जनामा कोरोना देखिएको छ ।

जिल्लामा संक्रमण पुष्टि भएका मध्य युवाहरु नै बढी रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार २१ देखि ३० बर्ष उमेर समुहका ५ सय ३१ जना युवामा कोरोना देखिएको छ । यस्तै ३१ देखि ४० बर्ष उमेरका ३ सय ८२, ४१ देखि ५२ बर्ष उमेरका २ सय २५, ५१ देखि ६० बर्ष उमेरका एक सय २७, ६१ देखि ७० बर्ष उमेरका ५७, १० बर्ष उमेर मुनिका ४८, ७१ देखि ८० बर्ष उमेरका ३४ र ८० बर्ष माथिका ७ जनामा कोरोना देखिएको छ ।

१७ जनाको मृत्‍यु

चितवनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । मृतकमध्य १० पुरुष र ७ महिला हुन् । स्वास्थ्य कार्यालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेमा ६१ देखि ७० बर्ष उमेर समुहका वृद्ध वृद्धाको संख्या धेरै छ । अहिलेसम्म यस उमेर समुहका ५ जनाको संक्रमणबाट मृत्‍यु भएको छ ।

यस्तै ५१ देखि ६० बर्ष उमेरका ३, २१ देखि ३०, ७१ देखि ८० र ८० बर्ष माथिका समान २-२ जनाको कोरोनाबाट मृत्‍यु भएको छ । ११ देखि २०, ३१ देखि ४० र ४१ देखि ५० बर्ष उमेर समुहका समान एक-एक जनाको मृत्‍यु भएको छ ।

जिल्लाभर कोरोनाबाट ज्यान गुमाउने संख्या भरतपुर महानगरपालिका भित्र धेरै छ । भरतपुरमा अहिलेसम्म १० जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने पहिलो व्यक्ती भरतपुरका नै हुन् ।

यस्तै रत्ननगर नगरपालिकामा ३ जनाको कोरोनाबाट ज्यान गएको छ भने खैरहनी र राप्तीमा कोरोनाबाट समान २-२ जनाको मृत्‍यु भएको छ । जिल्लाको अन्य पालिकामा कोरोनाबाट कसैको पनि मृत्‍यु भएको छ ।

४९० जना कोरोनामुक्त

चितवनमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ सय ९० पुगेको छ । जिल्लाभर संक्रमितको संख्या एक हजार ५ सय १४ पुग्दा ४ सय ९० जना निको भएका हुन् । जिल्लाको भरतपुर महानगरपालिकामा कोरोना जित्नेको संख्या सबै भन्दा धेरै छ । भरतपुरमा अहिलेसम्म २ सय ७५ जना कोरोनाबाट निको भएका छन् । भरतपुर ७ सय ७ जनामा भने अझै कोरोना सक्रिय छ ।

भरतपुरपछि राप्ती नगरपालिकामा कोरोना जित्नेको संख्या धेरै छ । राप्तीमा अहिलेसम्म ७५ जना कोरोनामुक्त भएका छन् भने ४६ जनामा अझै कोरोना सक्रिय छ । यस्तै माडीमा ४९ जना निको हुँदा ६ जना आइसोलेसनमा छन् । रत्ननगरमा निको हुनेको संख्या ५१ तथा सक्रिय संख्या एक सय ३४, खैरहनीमा निको हुनेको संख्या २८ तथा सक्रिय संख्या ५८ र कालिकामा निको हुनेको संख्या ९ तथा सक्रिय संख्या ४६, इच्छाकामना गाउँपालिकामा कोरोना निको हुनेको संख्या ३ र सक्रिय संख्या १० रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू