चितवन – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको छ । भरतपुर अस्पतालमा उपचाररत विरहीलाई पक्राउ गरी धनुषा पठाईएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले दिएको जानकारी अनुसार विरहीविरुद्ध मुद्दा भएकाले उनलाई नियन्त्रणमा लिएर धनुषा नै पठाईएको छ ।



भरतपुर अस्पतालले डिस्चार्ज गरेसंगै विरहीलाई प्रहरीले पक्राउ गरेको थियो । वैशाखदेखि विरही भरतपुर अस्पतालमा उपचाररत थिए ।