वीरगन्ज — वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जमा नारायणी वयोधा अस्पतालबाट थप उपचारका लागि काठमाडौँ पठाईएको एक कोरोना संक्रमितको बाटोमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१० निवासी ७७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार ती वृद्धमा बिहीबार कोरोना देखिएको थियो । थप उपचारका लागि काठमाडौं लैजाने क्रममा वृद्धको मृत्यु भएको प्रशासनले जनाएको छ ।



फाईल तस्विर