चितवन – चितवनमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना देखिएको हो ।
१८८ वटा नमुना परीक्षण गर्दा १९ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । संक्रमित मध्य ११ जना चितवनका हुन् भने बाँकी ८ जना जिल्ला बाहिरका हुन् ।
जिल्ला भित्रका सबै ११ जना नै भरतपुर महानगरपालिकाका हुन् । प्रयोगशालाका अनुसार भरतपुर १ का ४८ वर्षीय पुरुष, ३ का ५६ वर्षीय पुरुष तथा ४९ वर्षीया महिला, ४ का २१ र ३७ वर्षीय पुरुष, ७ कि ३४ वर्षीया महिला, ९ का २८ वर्षीय पुरुष, १० का ४ र ३२ वर्षीय पुरुष तथा २७ का ४८ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
यस्तै सिएमसीको प्रयोगशालामा नै गरिएको परीक्षणमा तनहुँको भानु ७ का ४३ वर्षीय पुरुष, मकवानपुरको हेटौंडा ६ कि ३२ वर्षीया महिला, ८ का २४ वर्षीय पुरुष, मनहरी ७ का ५८ वर्षीय पुरुष, नवलपुरको कावासोती १६ का १२ र ४५ वर्षीय पुरुष र झापाको कन्काई १ का २० वर्षीय पुरुष र २६ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । यस्तै पुन: परीक्षण गरिएको १० मध्य ६ जनाको रिपोर्ट पोजेटिभ आएको पनि अस्पतालले जनाएको छ ।