चितवन – भरतपुर अस्पतालद्धारा सञ्चालित भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा कार्यरत दुई जनामा प्राविधिकलाई बिदाई गरिएको छ । प्रयोगशाला स्थापनादेखि काम गर्दै आएका विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका क्लिनिकल माइक्रोवायोजोजिष्ट प्रदिप हमा र प्राबिधिक दिपक सुवेदीलाई बिदाई गरिएको हो ।
अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, प्रदेश सभा सदस्य बिजय सुवेदी, अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल लगाएतले उनिहरुलाई सम्मानसहित बिदाई गरेका हुन् । क्यान्सर अस्पतालले आफ्नै प्रयोगशालामा सञ्चालन गर्ने तयारी गरेपछि उनीहरुलाई फिर्ता पठाईएको हो ।
चैत २१ ग्ते देखि सञ्चालनमा आएको प्रयोगशालामा हाल सम्म २१ हजार जनाको नमुना परिक्षण गरिएको छ । जस मध्ये १ हजार २ सय भन्दा वढि संक्रमित देखिएका थिए । ती मध्ये चितवनका १६ हजार रहेका छन् । जस मध्ये ९ सय ५७ जना चितवनका रहेका छन् । प्रयोगशालामा चिकित्सक सहित ९ जना प्राविधिक कर्मचारी कार्यरत रहेका छन् ।