निषेधाज्ञा खुकुलो भएपछि नारायणगढमा बढ्यो चहलपहल (फोटोफिचर)

एटुजेड समाचार

चितवन – चितवनमा आज (शनिबार) देखि निषेधाज्ञा केही खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा केही खुकुलो बनाएको हो ।

प्रशासन कार्यालयमा शुक्रबार बसेको बैठकले केही क्षेत्रलाई खुलुको बनाउने गरी भाद्र ३१ गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको थियो । आजदेखि बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म किराना पसल, निर्माण सामाग्री सम्बन्धी व्यवसाय तथा ढुवानी, बिजुली तथा भाडाकुडाका पसल, कपडा तथा फेन्सी पसल खोल्न पाइने प्रशासनले जनाएको छ ।

प्रशासनको निर्णयपछि नारायणगढ बजारमा आज चहलपहल केही बढेको छ । बजारमा फेन्सी तथा कपडा पसल, भाँडा पसल, बिजुली पसलहरु खुलेका छन् भने मानिसहरुको चहलपहल पनि बढेको छ । यस्तै बजारमा सवारी साधनहरु पनि अन्य दिनको तुलनामा बढी नै देखिएको छ ।

तस्बिर : प्रेम  सापकोटा (किरण )/एटुजेड समाचार

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु