चितवन – ५ वटा लियो क्लवहरुको संयुक्त आयोजनामा सुरक्षित होम आईशोलेशन र होम क्वारेन्टाईनलाई कसरी व्यवस्थापन गर्ने सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । आज भर्चुअल जुम मार्फत लियो जिल्ला परिषद् अन्तर्गत रहेका ५ वटा क्लबहरुको उक्त कार्यक्रम गरेका हुन् ।
पछील्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । संक्रमित व्यक्तीहरुका लागि अस्पतालहरुमा आवश्यक वेडको व्यवस्था नभएको कारण आफ्नै घरमा कसरी सुरक्षित भएर बस्ने सम्बन्धी कार्यक्रममा छलफल गरिएको थियो ।


लियो क्लब अफ काठमाडौं फुलबारी, हेटौंडा मुक्तिनाथ मल्टीभिजन, चितवन ग्रीन, बुटवल मणीमुकुन्द युथ र नेपालगन्ज इन्नोभेटिभको संयुक्त आयोजित कार्यक्रममा डा. ससांक कुमार सिंहले सहजिकरण गरेका थिए । लियो जिल्ला परिषद ३२५ बि २ का अध्यक्ष लियो कुबेर पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष अनिश लामिछाने , लियो बि १ का जिल्ला उपाध्यक्ष प्रकाश थापा र लाइन्स जोन २७ का प्रमुख लायन बिकेशलाल श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला परिषद्का सचिव लियो सुशील महतो ,कोषाध्यक्ष लियो राजन श्रेष्ठ साथै सम्पुर्ण जिल्ला पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा लियो क्लब अफ चितवन ग्रीनका अध्यक्ष लियो बिकास मिश्राको अध्यक्षतामा सम्पन्न भएको थियो ।
लियो क्लब अफ नेपालगन्ज इन्नोभेटिभका अध्यक्ष लियो प्रकाश कुवर,लियो क्लब अफ काठमाडौं फुलबारीका अध्यक्ष पुजा बिष्ट, लियो क्लब अफ बुटवल मणीमुकुन्द युथका अध्यक्ष लियो केशव पराजुली लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । हेटौंडा मुक्तिनाथ मल्टीभिजनका अध्यक्ष लियो शिहा भट्टराईले कार्यक्रम संचालन गरेकी थिईन् ।