काठमाडौँ — अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपीशर्मा ओलीले सम्हाल्ने भएका छन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकिएको स्पष्ट पारेको हो ।



यसअघि संचार तथा सूचना प्रविधि मन्त्रालय खाली हुँदा अर्थमन्त्री रहेका युवराज खतिवडालाई कार्यभार तोकिएको थियो ।