पुल्चोकको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा देखियो कोरोना

एटुजेड समाचार

काठमाडौं – बिहीबार ललितपुरको पुल्चोकको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीसहित थप ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरी रहेका छन् । रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।

यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा कोरोना देखिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू