भरतपुर अस्पतालका डा.सुनिलमणि पोखरेल कोरोना मुक्त

एटुजेड समाचार

चितवन – भरतपुर अस्पतालका स्त्री तथा प्रसुति राेग बिभागका  प्रमुख प्रा.डा. सुनिलमणि पाेखरेल काेराेना संक्रमण मुक्त भएका छन् । २१ दिनको आइसोलेसन बसाइपछि पाेखरेल आज कोरोना मुक्त भएका हुन् ।

भरतपुर अस्पतालका जाेखिम माेलेरै सयाैं बिरामीको उपचारमा खट्दा पाेखरेललाई काेराेना संक्रमण भएकाे थियाे । डा. पाेखेरलले संक्रमण हुँदा पनि बिरामीहरूलाई फाेनबाट, म्यासेजबाट, भिडियाे कलबाट सेवा र सहयोग गरेका थिए ।

आफु उच्च मनाेबलका साथ छिट्टै काममा फर्किने र बिरामीहरूकाे सेवामा जुट्ने डा.पाेखेरलले बताएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू