काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दैछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।
बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए । यस्तै शनिबारदेखि कार्यकाल सकिन लागेका अर्थमन्त्री डा युवराज खतिवडाले शुक्रबार राजीनामा दिने बुझिएको छ। उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ ।