चितवन – पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको छ । हेटौँडा – ११ की ५२ वर्षीया कोरोना संक्रमितमा प्लाज्मा थेरापी गरिएको अस्पतालले जनाएको छ ।
सास फेर्न गाह्रो हुने र छाती दुख्ने समस्या रहेकी महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको अस्पतालले बताएको छ । यि समस्या भएपछी महिलालाई तुरुन्तै इमर्जेन्सीमा उपचार सुरु गरिएको र कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । कोरोना पोजेटिभ आएपछी महिलालाई कोभिड आईसियु -२ मा सारीएको थियो ।


बिहीवार चितवन मेडिकल कलेजका डा. शितल अधिकारी र डा. दयाराम लम्सालको टिमले चितवनमा नै पहिलो पटक सफल प्लाज्मा थेरापी गरिएको गरेको हो ।
अस्पतालमा २०४ वेड छुट्टयाएर वेग्लै प्रवेश बनाई ५९ वेड सिरियस विरामीलाइ छुट्टयाइ दुइवटा कोभिड आईसीयू बनाएर सेवा दिइराखेको डा. दयाराम लम्सालले बताएका छन् ।