चितवन – चितवनका थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १८ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ८८ जनामा कोरोना देखिएको हो । संक्रमित हुनेहरुमा चितवनका मात्रै ७४ जना रहेका छन् भने अन्य बाहिरका ३२ जना रहेका छन् ।
जसमा भरतपुर महानगरपालिकाका ५६, रत्ननगर नगरपालिकाका ३, खैरहनी नगरपालिकाका ४, कालिका नगरपालिकाका २ र राप्ती नगरपालिकाका ९ जना रहेका छन् । त्यस्तै अन्य जिल्लाका ३२ जना रहेका छन् ।