चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमित पुरुषको मृत्‍यु

एटुजेड समाचार

चितवन – चितवनमा थप एक कोरोना संक्रमित पुरुषको निधन भएको छ । चितवन मेडिकल कलेजमा नवलपुर गैंडाकोट–२ का ३७ वर्षीय पुरुषको मृत्‍यु भएको हो । अस्पतालका निर्देशक डा.दयाराम लम्सालले दिएको जानकारी अनुसार २ बजे आइसोलेसन वार्डमा उपचारको क्रममा मृत्‍यु भएको हो ।

मृगौला रोगबाट पीडित भएका ति पुरुषलाई भदौं ९ गते अस्पतालमा भर्ना गरिएको र भदौं १० गते कोरोना पुष्टि भएको लम्सालले बताए । यस्तै अस्पतालमा गएराति मात्रै भरतपुरकी ४० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु