चितवन – भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारका लागि एक सय शैय्या थप गरेको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले कोभिड आइसोलेसनमा एक सय शैय्या थप गरिएको जानकारी दिए ।
अस्पतालमा अहिले आइसियुसहितको ७५ शैय्याको कोभिड आइसोलेसन रहेको छ । त्यसमा एक सय शैय्या थप गरेर १७५ शैय्याको कोभिड आइसोलेसन बनाउन लागिएको डा. अधिकारीले बताए ।
अस्पतालले कोभिड आईसियुको लागि ७५ वेड, सर्जरी वार्ड रहेको स्थानमा कोभिड आईसोलेशनका लागि ३५, मेडिकल क्याविन रहेको स्थानमा स्टाफ आईसोलेशनका लागि २४ वेड थपिने निर्णय गरेको छ । त्यस्तै अवजर्भेसन रहेको स्थानमा कोभिड आईसोलेशनका लागि ३५ र कोभिड आईसियुको लागि ६ वेड थप गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ ।जिल्लामा संक्रमितको संख्या बढेसँगै कोभिड आइसोलेसनको क्षमता बिस्तार गरिएको हो ।