भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको छ ।
मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सीमार्फत सहयोग प्रदान गर्न आग्रह गरेर शृङ्खलाबद्ध ट्वीट भएको थियो । ट्वीटरले भारतीय प्रधानमन्त्री मोदीको एकाउन्ट ह्याक भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।


प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सीमार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ । ट्वीटरले एकाउन्ट ह्याक भएकोबारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि अनुसन्धान भईरहेको बताएको छ । एजेन्सी