चितवन – चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने ४० वर्षिय महिलाको मृत्यु भएको हो ।
महिलाको राती १२:२३ बजे सघन कक्ष (आइसीयू)मा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।


लम्सालका अनुसार महिलालाई झाडापखाला, खोकी र हाइपोनैट्रीमिया (सोडियमको मात्रा कम) जस्ता रोगहरु रहेको थियो ।
महिलालाई भदौं ५ गते चितवनल मेडिकल कलेजमा ल्याएको र भदौं १० गते कोरोना संक्रमण पुष्टि भएको लम्सालले बताए ।