काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १,११२ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ । सक्रिय संक्रमित १८ हजार १ सय ८ रहेकाे छ । हाल देशभर क्वारेन्टिनमा ६ हजार ७ सय ६६ जना रहेका छन्।