भरतपुरमा जिप र ट्रक ठोक्कियो, उपचारका क्रममा जिप चालकको मृत्यु

एटुजेड समाचार

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय बोलेरो चालक पुरुष रहेका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १९ च ७६७७ नम्बरको बोलेरो र विपरीत दिशाबाट आइरहेको ग २ ख ४३१९ नम्बरको ट्रक बिहान ११ः३० बजे एकापसमा ठक्कर खाएका थिए ।
ठक्करबाट घाइते बोलेरो चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम, थर, ठेगाना खुल्न सकेको छैन । ठक्कर खाने दुवै सवारी र ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन् । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू