चितवन – चितवनमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को प्रयोगशालामा मंगलबार गरिएको परीक्षण थप २३ जनामा कोरोना देखिएको हो ।
संक्रमित २३ मध्य १३ जना चितवनका हुन् भने बाँकी १० जना जिल्ला बाहिरका हुन् ।
अस्पतालका अनुसार भरतपुर महानगरपालिका वडा नं १ का ५३ बर्षीय पुरुष, २ का ३३ बर्षीय पुरुष, ३ का ६४ बर्षीय पुरुष, र ४ बर्षीया बालिका, ८ का ५२ बर्षीय पुरुष, ९ कि २४ बर्षीया महिला, १० का २८ र ४९ बर्षीय पुरुष, २१ कि ३८ बर्षीया महिला,२६ कि २१ बर्षीया महिला गरी १० जनामा कोरोना देखिएको हो ।
यस्तै रत्ननगर नगरपालिका वडा नं १ का ४१ बर्षीय पुरुष, राप्ती नगरपालिका वडा नं ४ कि ३३ बर्षीया महिला, ईच्छाकामना गाउँपालिका वडा नं ५ कि ३६ बर्षीया महिला रहेका छन् ।
यस्तै कावासोती १७ का ५१ बर्षीय पुरुष रहेका छन् । नवलपुर देवचुलिका २ कि ६५ बर्षीया महिला, १० का ७४ बर्षीय पुरुष र ६७ बर्षीया महिला, १३ कि २१ बर्षीया महिलामा देखिएको हो ।
त्यस्तै गैंडाकोट ६ की ६२ बर्षीया महिला, १० का ५० बर्षीय पुरुष,१५ कि २२ बर्षीया महिला, दाङ घोराही कि २७ बर्षीया महिला, धनुषा जनकपुर २४ का ४५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।