कोरोनाबाट भैरहवामा एक ६५ वर्षीय महिलाको मृत्यु

एटुजेड समाचार

बुटवल – कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार रामग्राम ५, नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको गएराति मृत्यु भएको हो ।

कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई आईसीयू आवश्यक रहेकाले तीन दिनअघि भीम अस्पतालमा भर्ना गरी उपचार भइरहेकामा गएराति मृत्यु भएको डा. पोखरेलले जानकारी दिए । हाल भीम अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । डा. पोखरेलका अनुसार आईसीयूमा चार र सामान्य वार्डमा १७ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु