उत्तम जोशी, चितवन।चितवन जिल्ला भित्र र बाहिर कोभिड १९ को संंक्रमण बढदै समुदाय हुदै घर सम्म पुगेको अवस्थामा सक्रमण लाई रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रसासन कार्यालय चितवनद्धारा २०७७।४।३२ गते राती देखि हालसम्म निषेधआज्ञा जारी राखिएको छ । यस निषेधाज्ञाको दिन लम्ब्याउंँदै गर्दा कोरोना नियन्त्रण र रोकथाम कोलागि गरिने योजना र व्यवस्थापनको पाटो पनि सगसगै उठेको छ ।
हाल सम्म नेपालमा सक्रमितको सख्या ४०५२३ जना¸ निको भएका सख्या २२१७८ जना¸ मृत्युहुनेको सख्या २३९ जना छन भने नेपालको सवै ९७७० जिल्लामा नै सक्रमित भएको तथ्याङ्क देखिन्छ ।त्यस मध्ये चितवन जिल्ला १७औ स्थानमा छ जहांँ सक्रमितको सख्या ७९६ जना छन भने निको भएका २१७ जना मृत्यु सख्या ९ जना छन ९भरतपुर महानगरपालिकामा मात्र सक्रमितको सख्या ४९८ निको भएका १५४ र ११३ जना स्वास्थ्यकर्मीहरुलाई कोरोना सक्रमण देखिएको छ ।


२७औ स्थानमा मकवानपुर जिल्ला मा सक्रमितको सख्या ५०७ जना निको भएका १६५ जना मृत्यु सख्या ५ जना छन २९ औ स्थानमा नवलपुरपुर्व जिल्ला सक्रमितको सख्या ४९५ जना निको भएका ३३८ जना मृत्यु सख्या शुन्य जना छन गोर्खा जिल्ला सक्रमितको सख्या १८३ जना निको भएका १२५ जना मृत्यु सख्या ३ जना छन दोश्रो जिल्ला पर्सा सक्रमितको सख्या २३४७ जना निको भएका ११०२ जना मृत्यु सख्या ३८ जना छन यी चितवन वाट उपचार प्राप्त गर्ने जिल्लाहरु हुन ।
त्यसैले चितवन जिल्लाको भरतपुर मेडिकल सिटीको उपनामले परिभाषित गरिन्थ्यो तर नवलपुर कावासोती ३ का होमवहादुर गुरुङ्गले स्थानीय कालीगण्डकी अस्पतालवाट सुविधा सम्पन्न अस्पताल भरतपुरमा बेलैमा पुर्याउन सके विरामीलाई वचाउन सकिने विश्वासले एम्वुलेन्समा राखेर ५ घण्टा सम्म १¸चितवन मेडिकल कलेज (आइसियु भरिएको) २¸नारायणी सामुदायिक अस्पताल (गेट वन्द स्वास्थ्यकर्मी र चिकित्सिक आइसोलेसनमा वसेकाले उपचार हुन नसक्ने) ३¸मनकामना अस्पताल (त्यसमा उपचार नहुने) ४¸पुरानो मेडीकल कलेज (विरामी हेर्न मानेनन आइसियु भेन्टिलेटर खाली छैन) पुन चितवन मेडीकल कलेज लगि हार गुहार गरियो तर आइसियु खाली नभएकोले अन्यत्र लैजान भनियो ,त्यसपछि भरतपुर सरकारी अस्पतालको आकस्मिक कक्षमा पुराइयो तर त्यहापनि उपचार हुन सकेन त्यसपछि प्रहरी प्रशासन गुहारे त्यसपछि एकजना चिकित्सिक आएर सुविधा सम्पन्न अस्पताल लैजान आग्रह गरियो तेश्रो पटक चितवन मेडिकल कलेज लगे विरामीका आफन्तहरुले हारगुहार गरे पछि कर्मचारी आएर ज्वरो नाप्दा १०५ डीग्री भनियो विरामी ल्याएको स्ट्रेचर भित्र फिर्ता लगे त्यसपछि विरामीका आफन्तहरुले अस्पतालमा रुवावासी चल्यो वल्ल डाक्टर आएर विरामी भित्र लगे केही वेरमा भेन्टिलेटरको जोहो गरेर विरामी राखियो तर त्यसको केही समयमा विरामीको मृत्युको घोषणा गरियो । ९स्रोत सेतोपाटी अनलाइन०
यसरीचितवनको एक मात्र सरकारी अस्पताल कोरोनाका विरामीले भरिएका छन त्यहा अन्य विरामीले उपचार गर्न डराउनु पर्ने स्थान नहुने निजी अस्पतालहरुले विरामीको उपचार गराउन डराउने विरामी उपचार नपाएर मर्नुपर्ने कथा यस्तो अवस्थामा विरामीको उपचारको प्रवन्ध कहाँ गर्ने सरकारको योजना खै मात्र निषेधाज्ञा लम्वाएर मात्र होला र ? रोग ले भन्दा भोक र शोकले मानिस मर्ने योजनको शुत्र निषेधाज्ञा नवनोस ।
आजका दिन सम्म अस्पताल चाहर्दा चाहर्दै ३ जना विरामीको मृत्यु भएको घटनाले भरतपुरलाई मेडिकल सिटिको उपाधी गरुङ्गो र उपहास भएको देखियो¸ मन पोल्यो¸ मन चिस्सियो¸ कोरोना वाट वा अन्य कारणले विरामी भए भरतपुरका अस्पतालमा ल्याउनु भनेर आफ्ना वन्धु वान्धवलाइ भन्न नसक्दा साह्रै मन खिन्न र आत्तिएको महसुस भएको छ सघिय¸प्रदेश र स्थानीय सरकार नेपाली जनता प्रति जत्ति जिम्मेवार र गम्भिर वन्नु पर्ने हो त्यो वनेको पाइएन । उपचार पाउने नैसर्गिक अधिकार को प्रत्याभुति खै भएको ?पिडितको परिवारको एक सदस्य भएर सोच्दा यस्ता घटना के हल्ला र कपोलकल्पित थिए र? हुनत मानविय संवेदनशिलता हराएर गएको हो त ? यस विषयमा स्थानीय सरकारले यस्ता घटनाको विषयमा पुन नदोर्याउने प्रतिवद्धताको लागि समय र कलम र मसी सम्म खर्च गर्न नसक्नु दुखद विषय हो ।
वरु स्थानीय प्रशासनले लाज पचाउन सुचना सम्म निकाल्ने आँट निकाल्यो धन्य छ । यस विषयमा स्थानीय सरकारले भोकवाट¸रोगवाट¸कोही वन्चित नहुन भन्ने अनुभुति दिलाउन किन नसकेको ?सरकारको उपस्थिति कतिवेला चाहिने हो ? चुनावको वेलामा मात्र हो र भोट ? यो दुखद घटना ले एक सामाजिक अगुवा भन्न पनि लाज लागेको छ यतिवेला कोरोनाले त्रसित मन र समाज यी उल्लेखित घटना र समाचारले अझ विचलित वनेको अवस्थामा विरामीको सहजरुपले उपचार पाउने व्यवस्था र प्रवन्धको लागि सवै सरोकारवालाहरु मेडिकल सन्चालक¸स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको मनोवल उच्च राख्न सवैको साझा प्रयत्न हुनु जरुरी छ यसका लागि स्थानीय सरकार र सवै राजनैतिक पार्टिहरुको सामुहिक प्रयत्न मार्फत निषेधाज्ञाको पालना गरेर संकटको घडीलाइ धकेली रहेका चितवन र छिमेकी जिल्लाका नागरिकलाई आत्मवल उच्चपारी कोरोना सग लडने तागत र साहस जुटाउनु हामी सवैको दायित्य हो की ?रोग ले भन्दा भोकले मर्ने वेला भैसकेको अनुभुति सवैमा भएको छ राज्यका नागरिकहरुले सरकार विहिनको महशुस गर्न नदिन सरकार जनताका लागि भोका नाङ्गाका लागि दिन दुखिका लागि शोक र तापमा छटपटीएकाका लागि अनुभुति गराउन सकिएन भने निषेधाज्ञा लम्वाइएको आयुले मानिसको आयु घटाउन सहयोगी नवनोस ।
अन्तमा स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएका विरामीको परिचय लुकाउनु पर्ने र रिपोर्ट सार्वजनिक गर्ने व्यवस्था गर्न नमिल्ने हो र? लेखक नेपाली कांँग्रेस चितवनका सचिव हुन