कोरोना कहर : आफ्ना नागरिकका लागि दोस्रो पटक रकम बाँड्दै दक्षिण कोरिया

एटुजेड समाचार

दक्षिण कोरियाली सरकारले आफ्ना नागरिकका लागि दोस्रो पटक रकम बाँड्ने भएको छ । दक्षिण कोरियाका अर्थमन्त्रीले सरकार र सत्ताधारी पार्टीले केही परिवारलाई रकम बाँड्नुपर्ने बताएका छन् । कोरोनाभाइरसका कारण लागू गरिएको नियमले अर्थव्यवस्थालाई क्षती पुर्याएको भन्दै यसो गर्न अत्यावश्यक भएको उनको ठहर छ ।

मंगलबार टिभीमा प्रसारित एक अन्तरवार्तामा हङ्ग–नेम–की ले सबै परिवारलाई पैसा दिनुको साटो आवश्यकतामा परेकालाई पैसा दिनु थप प्रभावकारी भएको उनले बताए । सरकारले यसअघि मे महिनामा सबै परिवारलाई रकम बाँडेको थियो । यसो गरेर सरकारले आफ्ना नागरिकलाई कोरोना महामारीबाट निम्तिएको आर्थिक मारबाट निकाल्न चाहन्थ्यो ।

स्रोतः बीबीसी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु