चितवनका ४१ सहित थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

एटुजेड समाचार

चितवन – चितवनका ४१ सहित थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ४१ सहित थप ४८ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै ३९ जना रहेका छन् । भने रत्ननगर र राप्तीका १/१ जना रहेका छन् । त्यस्तै नवलपरासीका ३, धनुषा,बारा, सिरहा र रुपन्देहीका १/१ जना रहेका छन् ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु