चितवन – पछील्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्यो अवस्थामा रहेको छ । हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ७ सय ५५ पुगेको छ । भरतपुर अस्पतालले दिएको तथ्यांक अनुसार चितवनमा कोरोना संक्रमितको संख्या ७ सय ५५ पुगेको हो । संक्रमित हुनेमा ४६६ पुरुष र २८९ जना महिला रहेका छन् ।
जसमा भरतपुर महानगरपालिकाकै मात्रै ४५७ जना कोरोना संक्रमित रहेका छन् । त्यस्तै रत्ननगर नगरपालिकामा १०२, राप्ती नगरपालिकामा ८६, खैरहनी नगरपालिकामा ४६, कालिका नगरपालिकामा ११, माडी नगरपालिकामा ५० र इच्छाकामना गाँउपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवनमा सक्रिय संक्रमितको संख्या भने ५९२ जना रहेको अस्पतालले जनाएको छ । संक्रमित हुनेहरुमा ११३ जना स्वास्थ्य कार्यकर्ता तथा कर्मचारी रहेका छन् भने कोरोना निको भएर घर फर्किनेको संख्या १५४ पुगेको छ । यसैगरी चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
चितवनमा अहिले सम्म १५ हजार ५६९ स्वाब परीक्षण गरिएको छ ।