चितवनमा जारी निषेधाज्ञा आज सकिदै, एक साता थप गर्ने तयारी
चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा आज (शुक्रबार) सकिदैछ । बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै प्रशासनले गत साउन ३० गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञा आज सकिदै गर्दा प्रशासनले लम्बाउन तयारी गरेको छ । कोरोनाको जोखिम अझै उच्च रहेको भन्दै प्रशासनले थप एक साता निषेधाज्ञा लम्बाउने तयारी गरेको हो । आज दिउँसो २ बजे बस्ने बैठकले थप निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
यस अघी साउन ३० गतेदेखि भरतपुर महानगरभित्र निषेधाज्ञा जारी गरिएको थियो भने ३२ गतेबाट माडी बाहेक जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा जारी भएको थियो ।
तपाइँको प्रतिक्रिया