चितवनका २२ सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

एटुजेड समाचार

चितवन – चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि हो ।

अस्पतालका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर २,७,१०, ११ का १९ जना र राप्ती नगरपालिकाका वडा नम्बर २,८ का ३ जना रहेका छ्न् ।

त्यस्तै नवलपुर, पर्वत, पर्सा र मकवानपुरका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमा १४ जना पुरुष र १२ जना महिला रहेका छन् । प्रयोगशालामा भदौं ४ गते परिक्षण गरिएका ३०६ मध्य २८० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु