आज यात्रु तथा कार्गोका लागि छ अन्तर्राष्ट्रिय उडान
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रु तथा कार्गो गरी जम्मा ६ अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले यात्रु तथा उद्धार उडान गरेका हुन् । हिमालय एयरलाइन्सले ढाकाबाट २४ यात्रु ल्याएको छ । सो एयरलाइन्सले काठमाडौँबाट ढाकाका लागि १२३ यात्रु लगेको थियो । नेपाल एयरलाइन्सले चीनको कुनमिङबाट २२ हजार ७६७ केजी कार्गो ल्याएको छ । सोही एयरलान्सको जहाज आजै सुडान प्रस्थान गरेको छ । यात्रु वा कार्गो ल्याउने खुलाइएको छैन ।
त्यस्तै लनमेइ एयरलाइन्सले कम्बोडियाबाट १५ हजार ४५३ केजी कार्गो नेपाल ल्याएको छ भने यहाँबाट १० हजार ९६० केजी कार्गो कम्बोडिया लगेको छ । श्रीलंकन एयरलाइन्सले कोलम्बोबाट १७ हजार ५५५ केजी कार्गो नेपाल ल्याएको छ । फर्किदा २१ हजार ३३ केजी कार्गो लगेको छ । कतार एयरवेजले दोहाबाट आठ हजार १८३ केजी कार्गो नेपाल ल्यायाएको छ ।
शुक्रबारका लागि जम्मा दुई अन्तर्राष्टिय उडान हुनेछन् । नेपाल एयरलाइन्स सुडानबाट राति ८ः४५बजे काठमाडौँ आइपुग्नेछ । कतार एयरवेज अपरान्ह काठमाडौँ विमानस्थलमा अवतरण गर्ने विमानस्थल कार्यालयको तालिका रहेको छ । आज आन्तरिकतर्फ तारा, समिट, मनाङ, कैलाश हेली एयर, एयर डाइनेष्टीले विभिन्न गन्तब्यमा आठ उडान गरेका छन् । सरकारले विदेशबाट फर्कने नेपालीलाई व्यवस्थापन गर्न क्वारेन्टिनको व्यवस्था नभएको भन्दै उद्धार उडान अनिश्चितकालका लागि स्थगित गरेको छ । भदौँ १ देखि १५ सम्म उद्धार उडान गर्ने कार्यतालिका बनाइएपनि धमाधम एयरलाइन्सले ती उडान तालिका रद्द गरेका थिए । रासस
तपाइँको प्रतिक्रिया