भरतपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि
चितवन – भरतपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालमा बुधबार राति गरिएको परीक्षणमा भरतपुरको थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।
अस्पतालका अनुसार संक्रमित हुनेमा भरतपुर महानगरपालिका–७ का ३३ वर्षीय पुरुष रहेका छन् । ती पुरुष होम क्वारेन्टिनमा बसेका थिए । बुधबार राति कुल ५५६ नमुना परीक्षण मध्य ५५५ जनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
तपाइँको प्रतिक्रिया