चितवन – मास्क नलगाउने र सवारी साधनमा सामाजिक दुरी कायम नगर्नेलाई चितवन प्रहरीले कारबाही गर्न थालेको छ । आज (बुधबार) मास्क नलगाउने र सवारी साधनमा सामाजिक दुरी कायम नगर्ने २१० जनालाई प्रहरीले कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्नेहरुमा १७१ पुरुष र २४ जना महिला गरी १९५ जनालाई कारवाही गरेको हो ।


पक्राउ हुनेहरुमा इलाका प्रहरी कार्यालय गीतानगरबाट १४, वडा प्रहरी कार्यालय नारायणगढबाट ३०, इलाका प्रहरी कार्यालय खैरहनीबाट ३९, इलाका प्रहरी कार्यालय चनौलीबाट ३, इलाका प्रहरी कार्यालय भण्डाराबाट ५, इलाका प्रहरी कार्यालय दिव्यनगरबाट ७, गोन्द्राङबाट १७, इलाका प्रहरी कार्यालय मुग्लिनबाट ५, रामनगरबाट १५, इलाका प्रहरी कार्यालय टाँडीबाट ४२ र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट १८ जना रहेका छ्न् । कारबाहीमा परेकालाई ३२ हजार ९ सय रुपैयाँ जरिवाना तिराएर छोडिएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले सवारी साधनमा सामाजिक दुरी कायम नराख्ने १५ जनालाई समेत कारवाही गरेको छ । जसमा सबै पुरुष मात्रै रहेका छन् । उनिहरुलाई ७ हजार ५ सय रुपैयाँ जरिवाना तिराएको प्रहरीले बताएको छ ।
फाईल तस्विर