कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

एटुजेड समाचार

काठमाडौं – पछील्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६ जनाको मृत्यु भएसँगै नेपालमा कुल मृतकको संख्या १२० पुगेको छ ।

बितेको २४ घण्टामा देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको हो भने योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु