नवलपुरमा आज राती १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा

एटुजेड समाचार

नवलपुर – नवलपुरमा एक साताका लागि निषेधाज्ञा जारी भएको छ । आज (बुधबार) राती १२ बजेबाट लागु हुनेगरी भाद्र ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार नै जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए । छिमेकी जिल्लाको अवस्था र कोरोना भाइरस संक्रमणको जिखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको उनले बताए ।

यस अवधिभर अत्यावश्यक खाद्यबस्तु, औषधी, खाने पानी, दुघ ग्यासबाहेकका पसलहरु संचालन गर्न नपाईने उनले बताए । यस्तै अस्पताल जान र खाद्य बस्तु खरिदका लागि बाहेक बाहिर हिडडुल गर्न पनि पूर्व रुपमा रोक लगाइने उनले बताए ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, मालबाहक सवारी, एम्बुलेन्स, दमकल, शवबहान, दुध बोक्ने बाहेकका सवारी चलाऊन नपाईने, भिडभाडा तथा जमघट गर्न नपाईने, नित्यकर्म बाहेकका कार्यहरु गर्न नपाईने, सरकरी एवं सार्वजनिक निकायबाट न्युनतम कर्मचारी परिचालन गरी प्रवाह हुने बाहेकका सेवाहरु बन्द रहने प्रशासन कार्यालयले जनाएको छ । यस्तै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी जिल्लाभित्र उद्योग, प्रतिष्ठान संचालन गर्न पाइने पनि बताइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु