पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पिएसजी

एटुजेड समाचार

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युरोपिएन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३-० ले पराजित गर्दै पिएसजीले पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो ।

खेलको १३औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । एन्जल डि मारियाले ४२औं मिनेटमा गोल गर्दै पिएसजीको अग्रता पहिलो हाफमै दोब्बर पारे ।

दोस्रो हाफमा फ्रेन्च च्याम्पियनले एक गोल थप्यो । युवान बर्नेटले ५६औं मिनेटमा पिएसजीका लागि पहिलो गोल गरे । पिएसजीले अब उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रान्सकै लियोनबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु