नेपालमा कोरोनाले तोड्यो रेकर्ड: एकैदिन थपिएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च

एटुजेड समाचार

काठमाडौं – नेपालमा पहिलो पटक एकैदिनमा एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (मंगलबार) १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो एकै दिनमा थपिएको अहिलेसम्मकै उच्च संख्या हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु