चितवन – चितवनमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनको ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर ५,७,८ र १० का ४ जना रहेका छन् । उनीहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको अस्पतालले जनाएको छ ।
त्यस्तै राप्तीनगरपालिकाको प्रहरी क्वारेन्टिनमा रहेका ४० पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी सोमबार नै गरिएको परीक्षणमा मकवानपुरका १,बाराका २ र गोरखाका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको पनि भरतपुर सेन्ट्रल अस्पताल,आशा अस्पताल र पुस्पान्जली अस्पतालबाट नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।


सोमबार गरिएको परीक्षण ३५५ नमुना मध्य ५० वटा नमुनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बाँकी ३०५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । योसंगै चितवनमा कोरोना संक्रमितको संख्या २५५ पुगेको छ ।